अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 13:51

जेरुसेलममा दक्षिणपन्थी ईजरायलीहरूको उत्तेजक प्रदर्शन

बिआरटीनेपाल २०७९ जेठ १६ गते ६:५७ मा प्रकाशित

इजरायल अधिनस्त जेरुसेलमको दमास्कस गेट नजिकै दक्षिणपन्थी इजरायलीहरूले उत्तेजक प्रदर्शन गरेका छन् । इजरायलीहरूले जेरुसेलम कब्जा गरेको दिनको सम्झनामा फ्ल्याग डे मनाउने क्रममा दक्षिणपन्थीहरूले अरबीहरू विरुद्ध उत्तेजक नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । फ्ल्याग डे मा इजरायलीहरू पूरै जेरुसेलम एकीकरणको मुद्दा चर्काउने गर्दछन् ।

जेरुसेलमको पुरानो शहरबाट प्रदर्शन अगाडि बढाउने क्रममा उनीहरूले अरबीहरू मुर्दावादको नारा लगाएका थिए । त्यस क्रममा उनीहरूले अल अक्सा मस्दिजमा पसेर यहुदी झण्डा प्रदर्शन गरेका थिए भने हिंसा नहोस भनेर इजरायली सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।

उता, पश्चिम किनारामा इजरायली सुरक्षाकर्मी र प्यालेस्टिनी प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । दक्षिणपन्थी इजरालयीहरूको प्रदर्शनपछि प्यालेस्टिनी राष्ट्रपति इसाक हरजोगले इजरायलीहरू आगोसँग खेलिरहेको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू