अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट युद्ध प्रभावित खार्किभ शहरको भ्रमण

बिआरटीनेपाल २०७९ जेठ १६ गते ६:५५ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमण गर्नुभएको छ । भ्रमणकै क्रममा जेलेन्स्कीले खार्किभको अग्र घेरामा रहेर रुससँग लडिरहेका सेनासँग भेटघाट गर्नुभएको छ । जेलेन्स्की गत फेब्रअरीमा रुसी आक्रमण सुरु भएयता राजधानी कीभ शहर बाहिर निस्कनुभएको यो पहिलो पटक हो ।

बुलेटप्रुभ भेष्ट लगाई खार्किभको भग्नावशेषहरूको अवलोकन गर्नुभएका जेलेन्स्कीले देशको रक्षा गरेको भन्दै युक्रेनी सेनाका जवानहरूलाई धन्यबाद दिनुभयो । युक्रेनको दोश्रो ठुलो शहरको रुपमा परिचित खार्किभमा तोपखाना रहेका छन् भने सोही शहरलाई लक्षित गरी रुसी सेनाले गोलाबारी जारी राखेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्दा सुरुका दिनमा यही शहरलाई निशाना बनाएतापनि पछि मारियुपोल शहर केन्द्रित भएको थियो । भ्रमण लगत्तै जेलेन्स्कीले खार्किभमा हालसम्म २२ सय २९ भवनहरू  ध्वस्त भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू