अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार

बिआरटीनेपाल २०७९ जेठ १५ गते ५:०० मा प्रकाशित

इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डुब्दा २६ जना बेपत्ता भएका छन् । ४३ जना सवार सो डुङगाबाट १७ जनाको उद्दार गरिएको छ ।बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

बेपत्ताहरूको खोजीमा ४० जनाको उद्दार टोली खटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षा सतर्कता व्यवस्थापन कमजोर भएका कारण हजारौं समुन्द्री द्विप रहेको इण्डोनेशियामा डुङगा दुर्घटना हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू