अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:२२ मा प्रकाशित

सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएपछि उनलाई आज अदालतमा उपस्थित गराइएको थियो ।

जिल्ला अदालत, काठमाडौंले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । उनलाई तत्कालका लागि मानवबेचबिखन सम्बन्धी कसूरमा म्याद थपेर अघि बढ्ने निर्णय भएको घटनाको छानविन समितिले जनाएको हो ।

यसअघि पाण्डेलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी थियो । तर, महान्यायाधिवक्ता कार्यालयको राय र अन्य कानून व्यवसायीहरूसँगको छलफलपछि मानवबेचबिखनविरुद्धको कसूरमा अनुसन्धान अघि बढाउने टुङ्गो लागेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू