अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

मतपत्रमा भेटियो मेरो भोट, चोर नेताहरूलाई नो भोट

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:४३ मा प्रकाशित

हेटौंडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । हेटौंडा २ स्थित सिद्धार्थ माविको मतगणना स्थलमा मतगणनाको क्रममा नौला र अनौठो रुप देखा परिरहेछन् ।यस्तै आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मतगणनाको क्रममा पनि देखियो ।

मतदाताले मतदानको क्रममा मतपत्रमा चोर नेताहरूलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ । मतदाताले मेरो भोट, चोर नेताहरूलाई नो भोट भनेर लेखेका छन् । हिजो (मंगलवार) पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू