अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

रेनु दाहालले ७ हजार मत कटाउँदा विजय सुवेदी ३ सय २३ मतले पछाडि

बिआरटीनेपाल २०७९ जेठ ३ गते ८:१९ मा प्रकाशित

भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले सात हजार तीन सय ५१ मतसहित अग्रतालाई कायमै राख्नुभएकाे छ ।

अहिलेसम्म २१ हजार पाँच सय ९२ मतगणना हुँदा दाहाल तीन सय २३ मतले अघि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले सात हजार २८ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार पाँच सय ६२ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मतसहित अग्रता लिइरहनुभएकाे छ उहाँलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार आठ सय तीन मतसहित पछ्याइरहनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू