अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

संसद्को बजेट अधिबेशन मंगलबारदेखि शुरु हुँदै

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:५९ मा प्रकाशित

संसदको बजेट अधिवेशन मंगलबार देखि सुरु हुँदैछ। जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न यसअघि नै बैठक आह्वान हुनुपर्ने भए पनि स्थानीय तहको चुनावका कारण राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको सिफारिसमा मंगलबार लागि बैठक आह्वान गर्नुभएको छ ।

अपराह्न ४ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

मंगलबार नै सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम छ । त्यस्तै यसबीचमा सरकारले जारी गरेको अध्यादेश पनि बैठकमा पेश गरिनेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्नुहुनेछ ।

त्यस्तै भोलि प्रिबजेट छलफलका लागि प्रस्ताव पेश हुनेछ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू