अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

मंगलवारदेखि शुरू हुने संसद अधिवेशन सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई सभामुख सापकाेटाकाे आग्रह

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:०० मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मंगलबार (भोलि)देखि शुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले आफ्नो कुराकानी नभएपनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताउनुभयो । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गर्नुभयो।

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रित हुने बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताउनुभयो ।

उहाँले सर्वसम्मत् भइसकेको विधेयकहरुलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बिचमा समझदारी भएमा त्यसलाई अगाडी बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू