अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

देउवासँग फेरि भेट्न इच्छुक छु- भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७९ जेठ १ गते ६:१३ मा प्रकाशित

सोमबार लुम्बिनी भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको ‘उपलब्धिमूलक’ वार्तापछि आफू फेरि उहाँसँग भेट्न इच्छुक रहेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीका अवसरमा सोमबार लुम्बिनी भ्रमण गर्दैहुनुहुन्छ । मोदीले लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै जलविद्युत, विकास, कनेक्टिभिलुम्टीब लगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गर्नुभएको छ ।

मोदीले नेपालसँग भारतको सम्बन्ध अतुलनीय रहेको उल्लेख गर्दै भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको उल्लेख गर्नुभएको छ । ‘यसले हाम्रो निकट सम्बन्धको दीगो संरचना निर्माण गरेको छ,’ उहाँले वक्तव्यमा भन्नुभएको छ ।

प्रधानमन्त्री मोदीले दुई देशबीच शताब्दियौंदेखि झांगिँदै आएको सम्बन्धलाई यो भ्रमणले थप गहिरो बनाउने अपेक्षा लिएको पनि बताउनुभयो । उहाँले बुद्ध जयन्तीमा मायादेवी मन्दिर दर्शन गर्न इच्छुक रहेको उल्लेख गर्दै दसौं लाख भारतीयहरूको पाइला पछ्याउँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रार्थना गर्न पाउँदा आफूलाई सम्मानित महसुस गरिरहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू