अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

माछा मार्दा चिप्लिएर सेतीको खोँचमा फसेका युवकको सेनाद्वारा उद्धार

बिआरटीनेपाल २०७९ जेठ १ गते ६:०९ मा प्रकाशित

माछा मार्न जाँदा चिप्लिएर सेती नदीको खोँचमा फसेका युवकलाई सेनाको टोलीले उद्दार गरेको छ । वैशाख ३० मा प्युठान घर भएका ३२ वर्षका विशाल थापा मगर माछा मार्न जाँदा चिप्लिएर पोखरा महानगरपालिका–७ स्थित घारिपाटनमा सेतीको खोँचमा फसेका थिए ।

युवकलाई करिब २५ फिट तलबाट डिजास्टर एसिस्टेन्ट रेस्पोन्स टिमले प्रहरी र सशस्त्रको सहयोगमा उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक टोलीले विशेष ईक्युपमेन्टबाट र्याप्लिङ बनाएर उनको उद्दार गरेको थियो । युवकको पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू