अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ४:४७ मा प्रकाशित

परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी जेठ २ गते बुद्धि जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने र मोदी सोही दिन लुम्विनीबाटै स्वदेश फर्कनु हुने छ ।

लुम्बिनीमा मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले बिहारमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नु हुने छ ।

यस्तै, परराष्ट्र मन्त्री डा. नारायण खड्काले लुम्बिनीमै मोदीसँग शिष्टाचार भेट गर्नुहुने छ । प्रधानमन्त्री देउवाले मोदीको सम्मानमा दिवाभोज दिनु हुने छ । भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।

मोदीको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीको टोली हिजो नै लुम्बिनी आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू