अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

मतदातालाई पैसा नबाँडेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीको दाबी

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ४:०४ मा प्रकाशित

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफूले मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको भन्ने हल्ला गलत भएको बताउनु भएको छ ।

अन्सारीले मतदातालाई पैसा बाड्दै गर्दा जनकपुरको एक होटलबाट पक्राउ गरिएको भन्ने समाचार बाहिरिएपछि उहाँले आफ्नो चरित्र हत्या गर्न खोज्नेहरुले त्यस्तो आरोप लगाएको दाबी गर्नुभयो । अन्सारीले आफू हिजो बुधबार जनकपुर काम बिशेषले गएको तर अहिले काठमाडौंमै रहेको भन्दै उक्त अफवाहबारे आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको बताउनुभयो ।अन्सारीलाई निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई किन्न पैसा बाँडेको आरोपमा आज (बिहिबार) बिहान जनकपुरधाम स्थित होटल सीताशरणको कोठा नम्बर ३०५ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू