अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ३:३४ मा प्रकाशित

निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने जनाएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने आयोगले जनाएको हो ।

भोलि हुने चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

यस्तै मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान नपाइने उल्लेख छ।

आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू