अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

मेयर पदमा आफूले जित्ने स्थापितको दाबी, आफ्नो बिवादित अभिव्यक्तिबारे मागे माफी

बिआरटीनेपाल २०७९ वैशाख २७ गते ७:१४ मा प्रकाशित

नेकपा एमालेबाट काठमाडौं महानगरको मेयर पदका उम्मेदवार केशव स्थापितले आफ्नो जीत निश्चित भएको दाबी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको क्रममा मंगलबार एमालेद्वारा काठमाडौंमा आयोजित अन्तिम चुनावी सभामा स्थापितले चुनावमा आफ्नो प्रतिस्पर्धी नै कोही नभएको बताउनुभयो । उहाँले आफूले काठमाडौंको फोहोरको समस्याको एक वर्ष भित्र स्थायी समाधान गर्ने पनि दाबी पनि गर्नुभयो ।

स्थापितले आफ्नो चुनाबी प्रचार प्रसारमा बोलेका कुराले कसैलाई चित्त दुखेको भए त्यसमा माफ पाउँ भन्दै माफी समेत माग्नु भयो । चुनावी सभामा स्थापितले भन्नुभयो –‘ मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाउँ ।’ स्थापितले चुनाव प्रचार प्रसारका क्रममा दिएका विभिन्न विबादास्पद अभिव्यक्तिको आलोचना भएको थियो । त्यही विषयमा उहाँले चुनावी सभामा माफी माग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू