अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

राजनीतिक दलले निर्वाचनको निष्पक्षतामा ध्यान दिएनन् : पूर्वसभामुख ढुंगाना

बिआरटीनेपाल २०७९ वैशाख २६ गते ७:२७ मा प्रकाशित

पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको छ । सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको हो ।

उहाँले अहिलेको निर्वाचनबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताउनुभयो । निर्वाचन निष्पक्ष बनाउनका लागि राजनीतिक दलको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । निर्वाचनलाई निष्पक्ष बनाउन राजनीतिक दल र निर्वाचन आयोगले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो । पूर्वसभामुख ढुंगानाले देश निष्पक्ष निर्वाचनको बाटोमा नगएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू