अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीद्धारा उम्मेद्धवारी फिर्ता, समर्थन गठबन्धनका उम्मेदवारलाई

बिआरटीनेपाल २०७९ वैशाख २६ गते ७:१६ मा प्रकाशित

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ता विमलबहादुर कार्कीले गठबन्धनका उम्मेद्धवार धनराज आचार्यलाई समर्थन गर्नुभएको छ । गठबन्धनबाट पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि कार्कीसहितका कांग्रेसका स्थानीय नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको थियो ।

अरु उम्मेदवारले वैशाख १६ गते औपचारिक रुपमा फिर्ता लिए पनि कार्कीले भने अस्वीकार गर्दै आउनुभएको थियो । तर सोमबार उहाँले सार्वजनिक अपिल गर्दै आफ्नो समर्थन गठबन्धनका उम्मेदवार आचार्यलाई भएको भन्दै उम्मेदवारी निष्क्रिय पार्ने निर्णय सुनाउनुभयो ।

कार्कीले भन्नुभएको छ , ‘साथीभाइहरूका सल्लाह पार्टीका अग्रज नेता गणज्युहरुबाट भएको आग्रहअनुसार स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन र यसबाट प्रस्तुतः उमेदवार प्रमुख पदमा धनराज आचार्य चुनाव चिन्ह कलम र उपप्रमुख पदमा कोपिला रानाभाट चुनाव चिन्ह रुखलाई पर्न समर्थन गर्दै वहाँहरुको पक्षमा मतदान गरी विजयी गराई दिनहरु मेरा सम्पूर्ण शुभेच्छुक समर्थक आमा बुवाहरु दिदिबहिनी दाजुभाइहरुप्रति यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछु। साथै मेरा नगर प्रमुख पदमा दिएको उम्मेदवारी निष्क्रिय भएको सार्वजनिक अपिल गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू