अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

निर्वाचनको सम्पूर्ण तयारी सकियो

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:३९ मा प्रकाशित

गर्न आयोगले आम मतदातासंग आग्रह गरेको छ । ७ सय ५३ स्थानीय तहमा स्थानीय निवार्चन गर्नेको लागि केन्द्रको निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरेको छ । सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न अपिल गर्दै उसले अब चुनावको प्रतिक्षा रहेको जनाएको छ । आयोगको केन्द्रमा सम्पूर्ण तयारी पुरा गरेकोमा कर्मचारीहरु खुसी देखिन्छन ।

मतपत्र सबै तहमा पुगेको, उम्मेदवारहरुको नामावली प्रकाशित लगायतको काम भइसकेको आयोगले जनाएको छ । आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार निर्वाचनका लागि आयोगले सबै तयारी पुरा गरेको छ ।

जिल्ला जिल्लामा अनुगमनको काम भइरहेको, सवारी पासको व्यवस्था गरिरहेको, सुरक्षा विश्लेष्ण र अनुगमन भइरहेको आयोगले जनाएको छ । आयोगमा अहिले विभिन्न स्थानबाट आएका उजुरी अध्ययन र सोहि अनुरुप फाटफुटका विभिन्न काम भइरहेको छ । सबै तहको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी लगायतको सुरक्षा संमन्वय र सुरक्षा विश्लेष्ण भइरहेको छ । आयोगले विनासंकोच मतदानका लागि आव्हान गरेको छ ।

थोरै समयमा आयोगले गरेको चुस्त दुरुस्त तयारी आफैंमा प्रशंसनीय छ । स्थानीय निकायको दोस्रो चुनावसंगै अग्निपरीक्षामा रहेको संघीय प्रणाली स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू