अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

राष्ट्रपति भण्डारीद्वारा जेठ ३ गते मंगलवार संसद अधिवेशन आह्वान

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:२१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते मंगलवार संसद अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन बोलाउनुभएको हो ।

आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैका लागि सरकारले संसदको बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू