अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

निर्वाचन स्वतन्त्र र भयरहित बनाउन सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ६:५९ मा प्रकाशित

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै उहाँले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यावहारिक रूपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वासनियता कायम हुने पनि स्पष्ट पार्नुभयो ।समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो ।

सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वर्द्धन गर्दै लैजाने प्रतिवद्धता पनि दोहोर्‍याउनुभयो । समारोहमा राष्ट्रपति भण्डारीले पत्रकारहरूलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू