अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

गठबन्धन सफल भए प्रजातन्त्र सफल हुन्छ, राष्ट्र प्रगतिमा अगाडि बढ्छ : वरिष्ठ नेता पाैडेल

बिआरटीनेपाल २०७९ वैशाख २३ गते ७:१२ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सफल भए नेपालको भाग्य चम्किने बताउनुभएकाे छ ।सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताउनुभएकाे हाे ।

‘गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन अलिकति अप्ठ्यारो पनि हो । तर सामना गरेर अगाडि बढ्नु बाध्यता छ, पाैडेलले भन्नुभयाे, गठबन्धन सफल गरायो भने नेपालको भाग्य सफल हुन्छ, प्रजातन्त्र सफल हुन्छ, राष्ट्र प्रगतिमा अगाडि बढ्छ ।’

गठबन्धनलाई मजबुत बनाउनु जरुरी रहेको भन्दै उहाँले त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन आग्रह समेत गर्नुभएकाे छ । सत्ता गठबन्धनले ६ महानगरमा भागबन्डा गरेको भन्दै एकले अर्कोलाई सहयोगको आदन प्रदानकाे जरूरी रहेकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू