अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

बागी उम्मेदवारको सूची पठाउन कांग्रेसको निर्देशन, असहयोग गर्नेलाई तत्काल निलम्बन गर्नू

बिआरटीनेपाल २०७९ वैशाख २३ गते ६:४९ मा प्रकाशित

नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो ।

कांग्रेसले बागी, प्रस्तावक र समर्थक स्वतः पार्टीबाट निष्कासन भएकोसमेत बताएको छ । उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो ।बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भइ पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैबीच, कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू