अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

श्रीलंकाका प्रधानमन्त्रीेलाई पदमुक्त गर्न राष्ट्रपति तयार

बिआरटीनेपाल २०७९ वैशाख १६ गते २०:४० मा प्रकाशित

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको छ ।

खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाइ अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजापाक्षे सहमत हुनुभएको सांसद मैत्रीपाला सिरिसेनाले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति सिरिसेनाले संसदमा रहेका सबै दललाई समेटेर नयाँ प्रधानमन्त्रीको नाम र मन्त्रिपरिषद् गठन गर्न राष्ट्रिय परिषद नियुक्त गर्न राष्ट्रपति सहमत भएको जानकारी दिनुभएको छ ।

सर्वदलीय सरकार गठनको बारेमा छलफल गर्न आह्वान गरेका बैठकमा असन्तुष्ट पक्षले प्रधानमन्त्रीको उपस्थितिमा सहभागी हुन अस्वीकार गर्नुभएको थियो । यसअघि, प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिनुभएको थियो भने राष्ट्रपतिले पुनः मन्त्रीहरू नियुक्त गरेका थिए ।

श्रींलकामा आर्थिक संकट गहिरिँदै गएपछि राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनहरू चर्किदै गएको छ । स्वतन्त्रता भएयताकै सबैभन्दा चरम आर्थिक संकटको सामना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू