अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्न अमेरिकी राष्ट्रपति बाइडेनको प्रस्ताव

बिआरटीनेपाल २०७९ वैशाख १५ गते २१:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गर्नुभएको छ ।

बाइडेनले रुसको आक्रमणबाट गम्भीर सङ्कटमा परेको युक्रेनको सैन्य र मानवीय क्षमता बढाउनको लागि ३३ अर्ब डलर अर्थात ४० खर्ब ३३ रुपैयाँ सहयोगको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

यसमध्ये २० अर्ब डलर सैन्य सहायता आठ अर्ब आर्थिक सहायता र बाँकी मानवीय सहायताको लागि उपलब्ध  गराउन बाइडेनले प्रस्ताव गरेको खबरमा उल्लेख छ । युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नको लागि अमेरिकी सांसदहरुले सहायता प्रस्ताव पारित गर्नुपर्ने बाइडेनले बताउनुभएको छ ।

अमेरिकाले यो सहायता पारित नगरेमा रुस थप आक्रामक हुने र अरु देशलाई पनि गाह्रो हुँदै जाने बाइडेनको भनाइ छ । युक्रेनलाई सहयोग गर्नुको अर्थ रुसलाई आक्रमण गरेको नठहरिने बरु युक्रेनलाई आत्मरक्षाको लागि सहयोग पुग्ने बाइडेनले बताउनुभएको छ । तर रुसले भने युरोपेली देश र अमेरिकाले युक्रेनमा बढाउँदै लगेको आर्थिक र सैन्य सहायता रुसको लागि जोखिमपूर्ण रहेको भन्दै उचित जवाफ फर्काउने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू