अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

चीनमा काेराेना संक्रमितकाे संख्या बढ्दै, एकैदिन १८ सयमा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७९ वैशाख १४ गते ७:५६ मा प्रकाशित

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् ।चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

गएको २४ घन्टामा अर्थात् मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ । यी मध्ये चीनको सांघाइ सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको छ ।

चीनको सांघाइ शहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेकाे बताइएको छ । यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू