अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

बिआरटीनेपाल २०७९ वैशाख १४ गते ७:११ मा प्रकाशित

भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको बेला १२ वर्षमुनिका बालबालिकालाई लगाउने खोपलाई अनुमति दिइएको हो ।

तर हालका लागि आपत्कालिन प्रयोगका लागि मात्रै १२ वर्षमुनि खोप लगाइने छ । त्यस्तै भारत सरकारले अन्य दुई खोपलाई पनि आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्ष भन्दा माथिका बालबालिकाका लागि जाइडसको खोप लगाउन सकिने गरी स्वीकृति दिइएको हो । कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू