अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

प्रजातन्त्रवादी नेतृ सुचीलाई भ्रष्टाचारको आरोपमा ५ वर्ष जेल सजाय

बिआरटीनेपाल २०७९ वैशाख १४ गते ७:१० मा प्रकाशित

म्यानमारको एक अदालतले प्रजातन्त्रवादी पूर्व नेतृ आङ सुचीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । पूर्व नेतृ आङ सुचीलाई भ्रष्टाचर सम्बन्धी दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज (बुधबार) ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी नेपाई तावमा बन्द कोठाभित्र गरिएको सुनुवाई सार्वजनिक गर्न र सञ्चारमाध्मलाई रोक लगाइएको छ । त्यस्तै सुचीका वकिलहरूलाई पत्रकारसँग बोल्न निषेध गरिएको छ ।

७६ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुचीलाई मतदाता ठगीलगायत अपराधको अभियोग लगाइएको छ । पछिल्लो सजायले उनको कुल जेल सजायलाई ११ वर्षमा पुर्याएको छ । यसअघि पनि अन्य अपराधका लागि दोषी ठहराइएको थियो । सु्चीले अझै पनि १० अन्य भ्रष्टाचार आरोपहरू सामना गरिरहेकी छन् ।

प्रत्येकलाई अधिकतम १५ वर्षको सजायको साथै चुनाव धाँधली र आधिकारिक गोप्य ऐन उल्लंघनको आरोप लगाइएको छ । उनले सबै आरोपहरू अस्वीकार गर्दै आएकी छन् भने मानव अधिकार समूहहरूले अदालतको सुनुवाईलाई धोखाको संज्ञा दिँदै फैसलाको निन्दा गरेका छन् ।

म्यानमारमा प्रजातन्त्रको प्रतिकको रूपमा उच्च मानिने सुचीलाई आजीवन कारावासको सजाय सुनाउनका लागि जुन्टा शासनले आरोपहरू लगाएको उनका समर्थकहरूले दावी गरेका छन् । म्यानमारकी प्रजातन्त्रवादी पूर्व नेतृ आङ सुची सन् २०२१ को फेब्रुअरीदेखि सेनाले आफ्नो निर्वाचित सरकारलाई सत्ताच्यूत गरेपछि घरमै नजरबन्दमा बसेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू