अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

विवादास्पद फैसला गर्ने अछामका न्यायाधीश सर्वाेच्चमा तानिए

बिआरटीनेपाल २०७९ वैशाख ५ गते ७:२४ मा प्रकाशित

विवादास्पद फैसला गरेको विषयमा जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज साेमवार सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो । न्यायाधीश जाेशीले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो ।

मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गएकाे चैत १३ गते उहाँले सजायको फैसला सुनाउनुभएको हो । त्याे कानुन कार्यान्वयनमा छैन । यसअघि जिल्ला अदालत काठमाण्डाैका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू