अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

अमेरिकाबाट ४० करोड भित्र्याएका शाहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बिआरटीनेपाल २०७९ वैशाख ५ गते ७:२७ मा प्रकाशित

सर्वोच्च अदालतले अमेरिकाबाट शंकास्पद रकम ल्याएका पृथ्वीबहादुर शाहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शाहले वर्ल्ड एक्स्पोर्ट एण्ड इम्र्पोट प्रालिको बैंक खातामा अमेरिकाबाट आएको ४० करोड ८० लाख रुपैयाँ फुकुवा गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको आदेशसँगै शाहले बैंकको उक्त रकम निकाल्ने नपाउने भएका छन् । इजलासले मुद्दाको फैसलाका लागि पूर्ण इजलासमा पेश गर्ने आदेश गरेको हो ।गत साउन १२ गते सर्वोच्चमा दर्ता भएको रिटमा लिखित जवाफ समेत पेश भइसकेकोले अन्तिम सुनुवाइ नै उपयुक्त हुने भन्दै मुद्दा फैसलाको लागि पठाउने आदेश गरेको हो ।

यसअघि गत साउन १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाऊ आदेश गर्दै अन्तरिम आदेशको लागि छलफलमा बोलाउन आदेश गरेको थियो ।पृथ्वीबहादुर शाह, उनका परिवार, कर्मचारी र कम्पनीको नाममा खोलिएका १५ खातामार्फत शंकास्पद रकम ओसारपसार गरेको आशंकामा भइरहेको अनुसन्धान रोक्न सर्वोच्चमा ६ वटा निवेदन परेको थियो । ६ मध्ये ५ वटा रिटमा सर्वोच्चले पहिले नै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू