अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

मन्त्री पौडेल र एडीबीका उपाध्यक्ष चैनबीच भेट, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

बिआरटीनेपाल २०७९ वैशाख ५ गते ७:१६ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । आज सोमवार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।

भेटमा शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आईसीटी ल्याबहरू पुर्‍याउनलगायत प्रस्ताव गर्नुभएको थियो ।

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले शिक्षा क्षेत्रमा एडीबीकाे निरन्तर सहयोग रहेको समेत स्मरण गराउनुभएको थियो । आउँदा दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यवसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने उपाध्यक्ष चैनले प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू