अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

नेपालमा २४ घण्टामा १० जनामा काेराेना पुष्टि

बिआरटीनेपाल २०७९ वैशाख ५ गते ६:४२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना परीक्षण  गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ३४ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० जनामा झरेको छ । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  यसैबीच २४ घण्टामा १९ हजार पाँच सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू