अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

कोरोनाको चौथो लहर शक्तिशाली हुनसक्ने, सुरक्षित रहन स्वास्थ्य विज्ञको आग्रह

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:१९ मा प्रकाशित

भारतमा आगामी मध्ये जुन (जेठको अन्त्यतिर) तिर कोरोनाको चौथो लहर फैलने सक्ने आँकलन विज्ञहरूले गरेका छन् । भारतामा हुने जुनसुकै घटनाको असर नेपालमा पर्ने भएकाले नेपालमा पनि आगामि जेठमा कोरोनाको चौथो लहर आउन सक्ने स्वास्थ्य विज्ञले अनुमान गरेका छन् ।तेस्रो लहरले धेरैमा संक्रमण गरेपनि घातक परिणाम नदेखाएको नेपालमा चौथो लहरले कस्तो परिणाम ल्याउँछ त्यो भने हेर्न बाँकी छ । तर स्वास्थय विज्ञहरूका अनुसार कोरोना भाइरसले रूप परिवर्तन गरी शक्तिशाली रूपमा देखा पर्न पनि सक्छ । पहिलो लहरभन्दा दोस्रो शक्तिशाली र दोस्रो भन्दा तेस्रो कम शक्तिशाली देखिएको कोरोना चौथा लहरमा निकै शक्तिशाली भएर देखा पर्न पनि सक्ने विज्ञहरूले अनुमान गरेका हुन् ।

कोरोना संक्रमण घट्दै गर्दा भारत सरकारले मार्च ३१ देखि सबै खालका प्रतिबन्ध हटाउने घोषणा गरिसकेको छ । मानिसहरु सामान्य जीवनमा फर्किएसँगै जुन महिनाको दोस्रो साताबाट चौथो लहर शुरु हुने आइआइटी कानपुरका विज्ञको भनाइ उद्रित गर्दै भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । चीन, बेलायत, दक्षिण कोरिया, अमेरिकासहितका केही देशमा भने अझै कोरोना संक्रमण दर घटेको छैन । यहीकारण पनि भारतमा ढिलो, चाँडो कोरोनाको अर्को लहर सुरु हुने अनुमान गरिएको हो ।

विज्ञहरुले ठूलो संख्यामा मानिसहरुले कोरोनाको खोप लगाएको र प्रतिरोधी प्रणाली पनि विकसित भइसकेकाले अब आउने चौथो लहरले त्यति ठूलो प्रभाव नपार्ने बताएका छन्। यद्यपि कोरोना अझै नसकिएकाले सकेसम्म सुरक्षित रहन भने उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू