अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

रुसको विरुद्ध प्रयोग गर्न युक्रेनलाई टर्कीको ड्रोन सहयोग

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:१३ मा प्रकाशित

रुस र युक्रेनबीचको युद्ध लम्बिदै गएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको छ ।रुसले बिना कारण युक्रेनमाथि आक्रमण गरेको र युद्ध लम्बिएपछि टर्कीले युक्रेनलाई ड्रोन सहयोग गरेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हाल युक्रेनसँग २० वटा ब्याराक्टर टीबी टु ड्रोन छ । यो टर्कीको सेनाद्वारा निर्माण गरिएको हो । यो ड्रोन सस्तो र प्रभाबकारी पनि मानिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयब एर्दोगानले यो ड्रोनलाई बेच्न विश्वका १५ देशसँग सम्झौता गरेका छन् ।

टर्कीका साथै नाटोले पनि युक्रेनलाई एन्टी ट्याङ्क हतियार र मिसाइल पठाएको छ ।पछिल्ला वर्षहरुमा विश्वमा तनाब आएको अवस्थामा टर्कीस ड्रोनको भूमिका धेरै महत्वपूर्ण मानिएको छ । विभिन्न देशले यसअघि टर्कीको ड्रोन प्रयोग गरेका थिए । विज्ञहरूका अनुसार टीबी टु को मूल्य ६० करोड रुपैयाँ पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू