अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

नेपालमा गत २४ घण्टामा ८ जना कोरोना सङ्क्रमित हुदा २१० कोरोना सङक्रमणमुक्त

बिआरटीनेपाल २०७८ चैत १२ गते ७:३६ मा प्रकाशित

गत २४ घण्टामा देशभर ८ जना नया कोरोना सङ्क्रमित थपिएका छन् भने २१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार २ हजार ६५५ परीक्षणमा ८ जनामा सङ्क्रमण देखिएको हो ।

१ हजार ६९६ पीसीआर परीक्षणमा ८ र ९५९ एन्टिजेन परीक्षणमा कुनै सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ । आज सम्म सक्रिय सङ्क्रमित १ हजार ७५८ रहेका छन् भने २४ घण्टामा ४७ हजार ७०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५८ पुगेको छ । हाल धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, डोल्पा, हुम्ला, कञ्चनपुर र बाजुरा भने सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू