अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

‘केपी बा आइ लभ यु’ भनेर कम्युष्टि पार्टी चल्दैन, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी !’-अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ चैत १२ गते ७:३५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादींका अध्यक्ष माधवकुमार नेपालले ‘केपी बा आइ लभ यु’ भन्दैमा पार्टी नचल्ने बताउनुभएको छ ।नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेकपा एमाले पार्टी भन्दा पनि प्राइभेट लिमिटेडजस्तो भएको बताउनुभयो । एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताउनुभयो । ओलीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सिर्जना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताउनुभयो ।

उहाँले आफुले दुख गरेर निर्माण गरेको पार्टी केपी ओलीले कब्जा गरेको आरोप समेत लगाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुलोमा पार्ने बताउनुभयो । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न अध्यक्ष नेपालले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू