अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

नेविसङ्घ अब राजनीतिक होइन शैक्षिक मुद्दामा अघि बढ्छ- अध्यक्ष शेर्पा

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:३७ मा प्रकाशित

नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रवार अध्यक्ष शेर्पाले नेपाल विद्यार्थी सङ्घको सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले सङ्गठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेविसङ्घ अब राजनीतिक मुद्दाहरूमा नभइ शैक्षिक मुद्दाहरूलाई अघि बढाउनतर्फ लाग्ने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष शेर्पाले अब नेविसङ्घले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेविसङ्घका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय चुनावलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसङ्घले अब काम गर्ने बताउनुभयो । केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसङ्घको नेतृत्वलाई लिएर उमेर हदको कुरा चले पनि अबको नेतृत्वले युवा अवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू