अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

सद्भाव र आत्मियता साटासाट गर्दै तराईमा होली मनाइयो

बिआरटीनेपाल २०७८ चैत ४ गते ७:३६ मा प्रकाशित

रङहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै शुक्रबार तराई क्षेत्रमा मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अविर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ । लुम्बिनी प्रदेशमा रहेका तराईका जिल्लाहरुमा भने दुई दिन नै होली पर्व मनाउने क्रम बढ्दै गएको छ ।

मिश्रित बसाई भएकाले दुवै दिन (पहाड र तराईका जिल्लामा मनाइने दिन) धुमधामकासाथ होली पर्व मनाइएको छ । पहाडी क्षेत्र नजिक पर्ने तराईका जिल्लामा भने दुवै दिन होली मनाउने गरिन्छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, दाङमा होली दुई दिन नै मनाउने प्रचलन बसिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू