अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बिआरटीनेपाल २०७८ फागुन २८ गते ७:१४ मा प्रकाशित

खप्तड गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।आज कैलालीको धनगढीमा भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्न सफल भएको हो ।

मनाङको यो सिजनको भने पहिलो उपाधि हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक/ एक गोल गरे ।फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए । उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने फ्रेन्ड्स वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू