अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट– नेपाल युएईसँग पराजित, दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो

बिआरटीनेपाल २०७८ फागुन १० गते ६:५२ मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ ।युएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमै समेटिएपछि ६८ रनले पराजित भएको हो ।

पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका अहमद राजाले पाँच, जुनैद सिद्दीकीले तीन तथा रोहन मुस्तफा र जहुर खानले एक विकेट लिए ।त्यसअघि, ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

उसका लागि मोहम्मद वसीमले सर्वाधिक ७० रन जोड्दा, भ्रित्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७, जवार फरिदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।नेपालका जितेन्द्र मुखिया र अभिनाश बोहराले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । जितसँगै युएईले १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू