अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

ब्राजिलले सन् २०२७ काे फिफा महिला विश्वकप आयोजना गर्ने

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:०१ मा प्रकाशित

सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ । याेसँगै महिला विश्वकप दक्षिण अमेरिकी देशले आयोजना गरेको पहिलो पटक हुनेछ ।महिला विश्वकपका लागि ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र बेल्जियम) ले दाबेदारी प्रस्तुत गरेका थिए । तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पूर्ण सदस्यताको मतले ब्राजिललाई यो अवसर दिएको हो । जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सले संयुक्त रूपमा ७८ मत पाउँदा ब्राजिल एक्लैले १ सय १९ मत ल्याएकाे हाे ।

ब्राजिलले यसअघि सन् १९५० र २०१४ मा पुरुष विश्वकप पनि आयोजना गरेको थियो ।महिला विश्वकपको १० औँ संस्करणमा ३२ वटा टाेली सहभागी हुनेछन् । गएकाे संस्करण सन् २०२३ काे उपाधि स्पेनले जितेकाे थियाे । पुरुष विश्वकपमा ५ पटक उपाधि जितेकाे ब्राजिल महिला विश्वकपमा भने अहिलेसम्म उपाधिविहीन छ । महिला विश्वकपमा अमेरिका सबैभन्दा सफल टिम हाे । अमेरिकाले अहिलेसम्म ४ पटक उपाधि जितेकाे छ । यस्तै दाेस्राे स्थानमा रहेकाे जर्मनी २ पटक विजेता बनेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू