अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

नेपालमा पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ फागुन ८ गते ६:४९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू