अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने याेजना सार्वजनिक

बिआरटीनेपाल २०७८ फागुन ५ गते ६:५५ मा प्रकाशित

सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिक गरेको छ । आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ (पञ्चवर्षीय) मन्त्रालयले सर्वजनिक गरेको हो ।

रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यसहित २०२१/२६ रणनीतिक योजना ल्याएको बताउनुभयो । उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी , समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिकसँगै आजदेखि कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो ।

सचिव गुरागाईंले रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको बताउनुभयो । उहाँले रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, सङ्क्रमितको स्वास्थ्यमा सुधार ल्याउने, एचआईभी सङ्क्रमणमा न्यूनीकरण ल्याउने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू