अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

एनआरएनएको निर्वाचन चैत ७ र ८ गते, अनलाइन निर्वाचन हुने

बिआरटीनेपाल २०७८ फागुन ४ गते ७:०२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ ।एनआरएनए निर्वाचन समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार आगामी चैत्र ३ देखि ८ गतेसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ । फागुन २८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत्र ७ गते बिहान १० बजेदेखि ८ गते बिहान १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान समाप्त भएलगत्तै मतगणना गर्ने जनाइएको छ । संघको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर १० लाख तोकिएको छ । सदस्यका लागि डेढ लाख रुपैयाँ तोकिएको छ । १ अध्यक्ष, ४ उपाध्यक्ष, १ महिला उपाध्यक्ष, १ युवा उपाध्यक्ष, १ महासचिव, १ सचिव, ३ महिला सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र १ महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुने जनाइएको छ ।

एनआरएनए निर्वाचनका लागि संघले अधिवक्ता भीमसेन बञ्जराको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकेको छ । निर्वाचन अनलाइन प्रणालीबाट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू