अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

सांसद मोहन बानियाँविरुद्ध जबरजस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी

बिआरटीनेपाल २०७८ फागुन ४ गते ६:५७ मा प्रकाशित

नेकपा एमालेका नेता तथा मुगुबाट निर्वाचित सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बानियाँविरुद्ध जबरजस्ती करणी अभियोगमा पक्राउ पूर्जी जारी भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरी थप अनुसन्धान प्रक्रिया अघि बढाईएको उहाँले बताउनुभयो । जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू