अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

‘वेल कम एमसीसी’ भन्दै काठमाण्डौंमा प्रदर्शन

बिआरटीनेपाल २०७८ फागुन ४ गते ६:५६ मा प्रकाशित

अमेरिकी सहायता निकाय मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को समर्थनमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेको छ। स्वतन्त्र नागरिक समाजले बुधबार अनामनगरमा मोटरसाइकलसहित एमसीसीको समर्थनमा प्रदर्शन गरेका हुन्। ‘वेल कम एमसीसी’लेखिएको ब्यानरसहित मोटरसाइकल ¥याली निकालेर एमसीसीको पक्षमा प्रदर्शन गरेको हो।

सरकारले एमसीसी आज टेबुल गर्ने तयारी गरेपछि सत्ता गठबन्धनकै भातृसंगठनले विरोध जनाउँदै आएका थिए । एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ । कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू