अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

नयाँ शैक्षिक सत्रको पठनपाठन जेठबाट थाल्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७८ फागुन ४ गते ६:५४ मा प्रकाशित

सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको जानकारी दिनुभएको छ । चैतमा पठनपाठन पूरा गर्ने, वैशाखभित्र परीक्षा, विद्यार्थी भर्ना गरिसक्ने र जेठबाट पठनपाठन सुरु हुने उहाको भनाई छ ।

यस बर्षको एसईईको परीक्षा वैशाख ९ देखि सुरु हुँदैछ । एसईई सकिएपछि नयाँ सत्र सुरु हने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू