अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

एमसीसीविरुद्ध प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्षसहित ४२ जना प्रहरी नियन्त्रणमा

बिआरटीनेपाल २०७८ फागुन ४ गते ६:५२ मा प्रकाशित

एमसीसीविरुद्ध प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्षसहित ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वर चोकमा भएको प्रदर्शनमा विद्यार्थी नेतामाथि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो ।प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा छोड्नुका साथै लाठीसमेत प्रहार गरेको थियो । लाठी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइतेसमेत भएका छन् ।

नियन्त्रणमा लिइएका नेताहरुमा अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष हिरेन्द्र शाहीलगायत ४२ जना रहेका छन्। उनीहरुलाई प्रहरीले पुलिस क्लबमा राखेको छ । प्रहरीले नियन्त्रणमा लिएका अध्यक्ष पराजुली र उपाध्यक्ष शाहीसहित उपमहासचिव भुपेन्द्र शाह, मेघनाथ चापागाईं, मिलन राई, महेश श्रेष्ठ, अशोक थापा, सचिवहरु उतर खड्का, मनिशा कार्की र सङगिता राना मगरसहित विभिन्न जिम्मेवारीमा रहेका सबैलाई विनाशर्त तुरुन्त रिहा गर्न अनेरास्ववियुले माग गरेको छ ।

प्रहरी दमनको घोर भर्त्सना गर्दै राष्ट्रघाती एमसीसी सम्झौता खारेज नगरिएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू