अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

सत्ता गठबन्धन दलको बैठक बिहीवार अपरान्ह ३ बजे बोलाउने सहमति

बिआरटीनेपाल २०७८ फागुन ४ गते ६:५१ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक बिहीवारका लागि बोलाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार अपरान्ह ३ गते सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जनाएको छ । बुधबार माओवादी संसदीय दलको बैठक सकेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू