अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो

बिआरटीनेपाल २०७८ माघ ११ गते ५:४३ मा प्रकाशित

विश्व बैंकको सहयोगमा नेपाललाई प्राप्त हुने मोडर्ना खोपको पहिलो डोज खोप आइपुगेको छ । विश्व बैंकले कोभ्याक्स सुविधा अन्तर्गत् नेपाललाई ४० लाख डोज मोडर्ना खोप उपलब्ध गराउन लागेको मध्ये मंगलबार १६ लाख ६० हजार डोज खोप आइपुगेको हो ।

बाँकी खोप पनि छिटैनै आइपुग्ने बैंकले जनाएको छ । यी खोप नेपालका १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू