अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

उपचारका लागि चीनमा रहेका माओवादी नेता पुन सोमबार स्वदेश फर्किँदै

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:५२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किदै हुनुहुन्छ । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लाग्नुभएको हो ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भन्नुभएको छ ।​ पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन। पुन महासचिवका प्रबल दाबेदार रहनुभएको छ । उहाँ आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू