अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक, समसामयिक विषयमा छलफल

बिआरटीनेपाल २०७८ माघ ७ गते ६:१८ मा प्रकाशित

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार साँझ बैठक बसेको हो । बैठकमा स्थानीय निर्वाचन, संसद्‍ अवरुद्धलगायत विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकमा समिति प्रमुख एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू